परिवर्तित वर्तमानको जस पूर्वजलाई जान्छ । वहाँहरूको योगदान र वलिदानीबाट वर्तमान बाॅचेको छ । तिनै पूर्वजहरूको सम्झनामा सम्मान स्वरूप मिश्रित माध्यमबाट थैलीको परिकल्पना गरिएको छ ।
कल्पनाको शिखर
कल्पनाको शिखरले सधैं समृद्धिको दिशा चुम्दछ । जीवन यात्रामा यात्रीहरु आफ्ना आशा, अभिलाषा र जिजीविषा बोकेर पुनरावृत्तिमा घुमिरहन्छन् । मेरो कला यही मनोदशालाई देखाउने एउटा सानो प्रयास मात्र हो । जसमा फलामे वृत्ताकार अनि सूच्याकार चौकोसभित्र थुप्रिएका बगरढुंगाहरुको बीचबाट शिखरतर्फ गतिशील त्यही पुनरावृत्तिको ढुंगेलहरलाई बिम्बको रुपमा प्रस्तुत गरिएको छ ।
भुवन थापा
समसामयिक मूर्तिकार
कलाको कोरलाइ
कलायात्राको क्रममा जीवनको ३ दशक यसै पार भइसकेछ । उति बेलैदेखि समय परिस्थिति अनुसार मेरा मनोभाव, अनुभूतिहरू थुप्रै कलाकृतिहरूमा विम्बित र अनुवाद हुँदै आईरहे । विभिन्न कला प्रदर्शनीहरूको माध्यमबाट थुप्रै मेरा कलाकृतिहरु यहाँहरु सामु बेग्ला बेग्लै रुप, आकारमा सार्वजनिक भईसकेका छन् । ललितकलामा प्रवेश हुँदादेखि विभिन्न कालखण्डमा रचिएका मेरा कलाकृतिहरुलाई बटुलेर विगतका केही अनि त्यही कलाकृतिहरुबाट फेरि नयाँ एउटा समायोजित प्रतिस्थापन कलाको रचना गरेको छु । जसलाई मैले कलाको कोरलाइ नाम दिएर प्रस्तुत गरेको छु । हुनत यस प्रस्तुतिको सापेक्षित अर्थभाव नरहेकोले प्रिय दर्शकवृन्दमा पर्ने आत्मगत अनुभूति नै यसको वास्तविक अर्थभाव हुनेछ भन्ने म ठान्दछु तसर्थ यहाँहरुको अमूल्य सुझाव र सल्लाहको हृदयदेखि अपेक्षा गर्दछु ।
भुवन थापा ‘बहुवि’
समसामयिक मूर्तिकार
राष्ट्रिय ललितकला प्रर्दशनी २०७८
नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान, नक्साल, काठमाडाैं
"प्रकृति र कला"
विश्वव्यापी रुपमा
फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारी भित्र एकान्तबासमा बसेर मैले समुदायमा
आधारित अर्थात डोको बुन्ने स्थानीय परम्परागत उपयोगी कलाबाट प्रभावित भएर त्यसैलाई
ललितकलाको रुप दिने प्रयत्न गरेको छु । मबाट तयार भएका उक्त कामहरुलाई यसै गुल्मी
जिल्लाको सत्यवती गाउँपालिका–३ स्थित प्राकृतिक सौन्दर्यताले भरिपूर्ण पवित्र भूमि
नेपालको १०० गन्तव्य क्षेत्र मध्ये एक पर्यटकीय स्थल सत्यवती लेकको सिउँदोमा
सिउरिने धृष्टता पनि गरेको छु । यसरी प्रस्तुत गर्नुको एउटै मात्र ध्येय भनेको प्रकृतिसँग
कला र कलासँग समुदायलाई जोडेर हेर्ने अभिलाषा हो । परिणाममा यस महामारीले पारेको शारीरिक तथा
मानसिक तनावबाट मुक्ति दिने आत्मिक औषधि प्राप्त गर्न सकियोस् भन्ने कामना एवं
प्रकृति,
कला र समुदायको
चुल्ठीबाटी सम्बन्धलाई देखाउने यस प्रदर्शनीको अर्को उद्देश्य पनि हो ।
हुनत मेरो यस
प्रस्तुतिले कुनै सापेक्षित अर्थभाव बोकेको नहुन सक्छ । प्रिय दर्शकहरुमा पर्ने
आत्मगत अनुभूति नै यसको अर्थभाव हुनेछ भन्ने ठान्दछु ।
भुवन थापा ‘बहुवि’
मूर्तिकार
(साउन १, २०७७)
हार्दिक धन्यवाद तथा आभार
!
मेरो ‘प्रकृति र कला’ विषयक कला
प्रदर्शनीका सभापति युवराज तरामु मगर ज्यू, प्रमुख अतिथि सत्यवती गाउँपालिका, गुल्मीका अध्यक्ष पारिश्वर ढकाल ज्यू, विशिष्ठ अतिथि पालिका उपाध्यक्ष सुवर्णा शाही ज्यू, अतिथिहरू यसै सत्यवती गाउँपालिका वडा नं. १, २ र ३ का वडा अध्यक्ष ज्यू, सम्बन्धित वडाका वडा जनप्रतिनिधि ज्यूहरू, अगुवा राजनीतिक पार्टीका नेता कार्यकर्ता, शिक्षक, समाजसेवी, बुध्दिजीवि व्यक्तित्वहरूको साथै कार्यक्रममा समुपस्थित हुनुहुने
सबै महानुभावहरूमा हार्दिक नमन गर्न चाहन्छु ।
अहिले विश्वभर फैलिइरहेको कोरोना
भाइरस (कोभिड-१९) को विषम परिस्थिति, आजको प्रतिकूल मौसमको बाबजुट, माना खाएर मुरी उब्जाउने महत्वपूर्ण बेलामा हाम्रो निम्तोलार्इ
शिरोपर गरेर पाल्नुहुने सबै महानुभावहरू प्रति हार्दिक धन्यवाद व्यक्त गर्न
चाहन्छु ।
यस कार्यक्रमको संयोजन गर्ने संस्थाहरू
सत्यवती क्षेत्र संरक्षण तथा पर्यटन विकास केन्द्र, नेपाल तथा ठूलो लुम्पेक सामुदायिक पर्यटन विकास समितिका साथै
कलाकृतिहरूलार्इ ३ घण्टा लामो उकालो चढाएर यहाँसम्म ल्याउन गुन लगाउनु हुने संस्था
प्रभामंडल युवा क्लव थुम्काका भाइबहिनीहरू प्रति विशेष धन्यवाद प्रकट गर्न चाहन्छु
।
मलार्इ आजीवन कलाप्रति उत्प्रेरणा
जगाउने प्राज्ञिक संस्थाहरू त्रिभुवन विश्वविद्यालय, ललितकला क्याम्पसका साथै काठमाडौं विश्वविद्यालय, कला तथा डिजाइन विभाग प्रति आभार प्रकट गर्दछु ।
नेपाली ललितकला क्षेत्रको विकासमा
क्रियाशील संस्था नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान म आवध्द संस्था ‘आरम्भ’ समसामयिक नेपाली मूर्तिकार समूह तथा ‘व्दर’
समसामयिक कला प्रतिष्ठानलार्इ सम्झन चाहन्छु ।
यस कला प्रदर्शनीमा हौसला प्रदान
गर्नुहुने मेरो परिवारका सदस्यहरू, छरछिमेकी, इस्त्रमित्रहरूका साथै टाढाटाढाबाट
सामाजिक संजालहरू मार्फत सल्लाह सुझावसँगै शुभेच्छा र एक्यवध्दता जनाउनु हुने
समस्त मेरा शुभचिन्तकहरू प्रति हार्दिक हार्दिक आभार प्रकट गर्न चाहन्छु ।
कला प्रदर्शनीको शुभकामना सन्देश
पठाउनु हुने नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति के.के कर्माचार्य ज्यू, प्रदेश नं. ५ का माननीय सामाजिक विकास मन्त्री सुदर्शन बराल ज्यू
प्रति विशेष धन्यवाद ज्ञापन गर्न चाहन्छु ।
यस प्रदर्शनीको विवरण संकलन गर्न
विशेषरूपमा लाग्नु भएका संचार माध्यमका साथीहरू कलाकार तथा कला लेखक देबेन्द्र
थुम्केली तथा कालीगण्डकी अनलाइन टीभीका पुरन राजकोटी लगायत साथीहरू प्रति विशेष
आभार व्यक्त गर्न चाहन्छु ।
अन्तमा स्वदेशी तथा विदेशी कलाकार, कलाप्रेमी मेरा शुभचिन्तक महानुभावहरू प्रति गुल्मी जिल्ला, सत्यवती गाउँपालिका-३, यस ठूलो लुम्पेकको पवित्र भूमि सत्यवतीलेकबाट मेरो हार्दिक
नमन.......! स्वीकारिदिनु होला ।
धन्यवाद !
२०७७, साउन ३ गते, शनिबार
-भुवन थापा ‘बहुवि’ (मूर्तिकार)


















.png)









.png)
























