कलाको कोरलाइ

May 02, 2021

 

कलाको कोरलाइ

कलायात्राको क्रममा जीवनको ३ दशक यसै पार भइसकेछ । उति बेलैदेखि समय परिस्थिति अनुसार मेरा मनोभावअनुभूतिहरू  थुप्रै कलाकृतिहरूमा विम्बित र अनुवाद हुँदै आईरहे । विभिन्न कला प्रदर्शनीहरूको माध्यमबाट थुप्रै मेरा कलाकृतिहरु यहाँहरु सामु बेग्ला बेग्लै रुपआकारमा सार्वजनिक भईसकेका छन् । ललितकलामा प्रवेश हुँदादेखि विभिन्न कालखण्डमा रचिएका मेरा कलाकृतिहरुलाई बटुलेर विगतका केही अनि त्यही कलाकृतिहरुबाट फेरि नयाँ एउटा समायोजित प्रतिस्थापन कलाको रचना गरेको छु । जसलाई मैले कलाको कोरलाइ नाम दिएर प्रस्तुत गरेको छु । हुनत यस प्रस्तुतिको सापेक्षित अर्थभाव नरहेकोले प्रिय दर्शकवृन्दमा पर्ने आत्मगत अनुभूति नै यसको वास्तविक अर्थभाव हुनेछ भन्ने म ठान्दछु तसर्थ यहाँहरुको अमूल्य सुझाव र सल्लाहको हृदयदेखि अपेक्षा गर्दछु ।

 

                                                                                                            भुवन थापा बहुवि

                                                                                                            समसामयिक मूर्तिकार

राष्ट्रिय ललितकला प्रर्दशनी २०७८

नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान, नक्साल, काठमाडाैं






You Might Also Like

0 comments