ऐरावतमा गर्भिणी मुसाको विभत्स हत्या (सत्य कथा)
June 18, 2018
ऐरावतमा गर्भिणी मुसाको विभत्स हत्या
ललितपुर, हात्तीवन
स्थित ऐरावत टोलको गल्ली मैले हिड्ने नियमित
गन्तव्यपथ....। एक बिहान गल्लीको बीचमा देखियो यस्तो दृश्यः एकतिरको घरबाट अर्कोतिरको
घरतर्फ जाँदै गरेको गर्भवती मुसोलार्इ गाढीले किल्चिदिएछ नराम्ररी । मुसाको
पेटभित्र भएको साना बच्चाहरू छर्पस्टिएका थिए चारैतिर । त्यस दृश्यलार्इ एक
सेकेण्ड पनि हेर्न सकिन मैले । एक त रौं नउम्रेका साना मुसाका बच्चाहरू देख्दा डर लाग्छ अचाक्ली नै
। अर्को त्यस्तो विभत्स दृश्य .... म कसरी हेर्न सकुँला धेरै बेरसम्म । भ्यागुतो अनि
छेपारो पनि शत्रु सरह हुन् मेरा लागि । तिनीहरू जिउँदाले भन्दा मरेकाले सातो खान्छ
मेरो । म दुर्इ पार्इला अघि बढेँ घटना स्थल भन्दा । मोवार्इल निकालेर सम्बन्धित स्थलतर्फ
फर्काएर एउटा फोटो कैद गरेर टाप कसेँ गन्तब्य तर्फ ।
दिनभरी
जसो उही दृश्य नाचिरह्यो मेरो मानस पटलमा । मेरो मोवार्इलमा भएको त्यो दृश्यलार्इ
न हेर्न नै सकें न मोवार्इभित्रै राख्न । ठूलो साहस बटुलेर डिलिट हान्दिएँ राम्ररी
नहेरी कनै ।
हप्तौं
भर्इसक्यो मैले त्यस ऐरावत बस्तीको गल्ली
छलेर हिँडेको पनि । मोवार्इलको ग्यालेरीमा भएको त्यो कारूणिक तस्बिरलार्इ उतिखेरै
डिलिट हाने पनि, मेरो मानस पटलमा भएको त्यो विभत्स दृश्यलार्इ डिलिट हान्न सकेको
छैन अझसम्म .. । जब ऐरावत बस्तीको चोक आउँछ केन्द्रीकृत भएर फैलिन्छ उही
दृश्य । पिल्सिएको
गर्भिणी मुसा र उसका चारैतिर छर्पस्टिएका साना नानीहरू ....................

0 comments