गीत
May 10, 2016
गीत
स्वाभिमान लुकेको छैन
नझुकाउ गौरवी शानलार्इ
नील गगन उघ्रेको बेला
चम्क है चन्द्रिका चम्चमार्इ ।
अर्पेर यो एउटा ज्यानलार्इ
माटो र मुक्तिको खातिर
इतिहास हार छैन कहिल्यै
विजय जनता कै आखिर ।
भिडेर मुक्तिको संग्राम
ल्याउनु छ अजेय त्यो दिन
तिरेर साँवा र ब्याज
चुकाउँला आजको यो रिन ।
जानु छ त्यो पारि चुली
अँध्यारो पहरा खनेर
हँसाउँला झुप्राको बस्ती
विजयी सिपाही बनेर ।
स्वाभिमान लुकेको छैन
नझुकाउ गौरवी शानलार्इ
नील गगन उघ्रेको बेला
चम्क है चन्द्रिका चम्चमार्इ ।।
(२०५०)
0 comments