बन्दुकले बल्झायो बुनुको ब्यथा !

April 20, 2016






सत्य कथा

बन्दुकले बल्झायो बुनुको ब्यथा !

कुरा त्यस्तै २०५८/५९ तिरको, देशमा संकतकालले चरम् सीमा पार गर्दै । गाउँमा दुबै थरीका शक्तिको जालो जेलिएको अवस्था । स्थानीय चल्तीका इजाजत प्राप्त बिचरा भरूवा बन्दुकहरूको पनि ज्यान जोखिममा उतिखेर । स्थानीय हात हतियारहरू धमाधम भूमिगत पस्न शुरू । गाउँतिर गएको बेला आफू खेलेको पाखो पखेरो घुम्नु पर्ने मलार्इ । एक दिन घुम्दै जाने क्रममा सालघारी नजिकैको खोल्छीमा बेवारिसे अवस्थामा भरूवा बन्दुकसँग दर्शन भेट । नजिकैको पिंडालु बारीको कान्लामा लगेर खाल्डो खनी पुरपार गरेर टाप कसें मैले
जब देशमा शान्ति बहाली, दशैंमा गाउँ गएको मौका, एकाएक बन्दुक गाडेको संझना मडारियो मेरो मानस पटलमा सरासर लागें सम्बन्धित स्थान तर्फ । निश्चित ठाउँ पत्ता लगाउन महाफसाद पर्यो मलार्इ । संभावित ठाउँहरूको परीक्षण पछि अन्ततः सफल । खन्दै जाँदा बन्दुकको अस्तिपन्चर (नाल र पार्टपूर्जा) मात्र भेटिए माटो मूनि । फेरि, बन्दुकले बल्झायो बुनुको ब्यथा !



You Might Also Like

0 comments

JOURNEY

Popular Posts

Like us on Facebook

Flickr Images