बुनुसँगको दिनचर्या मानस पटलमा
April 19, 2016
सत्य कथा
बुनुसँगको
दिनचर्या मानस पटलमा
वर्षलार्इ दर्जनको हिसाबले
गन्ति गर्नु पर्दा जम्मा दुर्इ दर्जन वर्ष पहिलाको कुरा । काठमाडौं स्थित ललितकला
क्याम्पस पढार्इको सिलसिलामा लगनखेलमा बसिए छ एक दर्जन वर्ष । कुरा उति खेरैको हो
म बस्ने घरको छिँडीमा भुस्याहा कुकुरले स्याउँस्याउँती बच्चाहरू हुर्काउँदै गरेको
अवस्था । म कुकुरको आमा बच्चाहरूलार्इ खानेकुरा पुर्यार्इ दिन्थें बेलाबेलामा ।
शुरू शुरूमा त कुकुरले नजिकै पर्न दिन्थिएन झम्टिएर । बिभिन्न रंग बिरंगका
बच्चाहरू बढ्दै जान थाले क्रमशः । हाम्रो बसार्इ समाबेसी बसार्इ, केटा केटीहरूले शनिबारको दिन कुकुरका नानीहरूसँगै खेल्थे दिन भरि नै
। म पनि खेली टोपल्थेँ कहिले काहीँ ।
कुकुरका बच्चाहरू घर अगाडिको
सडकमा पनि छरिन पुगेछन् खेल्दै जाने क्रममा । एक दिन अनियन्त्रित गतिमा हुँइकिने
गाडीले कुल्चि दिएछ एउटालार्इ । बिचराको पछाडिको एउटा खुट्टा मात्र पिल्सिएछ
संयोगवशः । नजिकैको क्लिनिकमा लगेर मलम पट्टी गराएँ उसलार्इ । खुट्टा बिसेक
नहुन्जेल मलम पट्टी गर्दै रहन्थें आफै आफ्नै कोठामा राखेर । एक दुर्इ साता पछि घाउ
निको हुँदै गयो उसको । अधिकाँक्ष समय आफ्नै सगोलका दार्इ-दिदीहरू सँगै बस्न थाले
पनि मलार्इ देख्ने बित्तिकै कोठामा आउने बानी परेको थियो उसको । बुनु भन्ने
बित्तिकै लुटुपुटु गर्थ्यो मसँग । केही खाने कुरा खान दिएर उतै पठार्इ दिन्थें
सधैं ।
यसरी बित्दै जान थाले
दिनहरू । केही महिना पछि गाउँतिर जाने काम पर्यो लामो समयको लागि । दुर्इ तीन
महिना गाउँ तिरै बित्यो समाज सेवामा । सहपाठी साथी मूर्तिकार यम थापासँगै फर्कियो
एक दिन । कोठाका सबै सामानहरू मिलाउन थालियो दुबैले । सुत्ने खाट मूनि सफा गर्ने
क्रममा देखियो कुहिएर बाँकी हड्डी र भुत्लाहरूको थुप्रो । दुबै तीनछक !!! मौनताको शुरूवातसँगै मडारिरहेछ बुनुसँगको
दिनचर्या मेरो मानस पटलमा...।
कुकुरका बच्चाहरू घर अगाडिको सडकमा पनि छरिन पुगेछन् खेल्दै जाने क्रममा । एक दिन अनियन्त्रित गतिमा हुँइकिने गाडीले कुल्चि दिएछ एउटालार्इ । बिचराको पछाडिको एउटा खुट्टा मात्र पिल्सिएछ संयोगवशः । नजिकैको क्लिनिकमा लगेर मलम पट्टी गराएँ उसलार्इ । खुट्टा बिसेक नहुन्जेल मलम पट्टी गर्दै रहन्थें आफै आफ्नै कोठामा राखेर । एक दुर्इ साता पछि घाउ निको हुँदै गयो उसको । अधिकाँक्ष समय आफ्नै सगोलका दार्इ-दिदीहरू सँगै बस्न थाले पनि मलार्इ देख्ने बित्तिकै कोठामा आउने बानी परेको थियो उसको । बुनु भन्ने बित्तिकै लुटुपुटु गर्थ्यो मसँग । केही खाने कुरा खान दिएर उतै पठार्इ दिन्थें सधैं ।
यसरी बित्दै जान थाले दिनहरू । केही महिना पछि गाउँतिर जाने काम पर्यो लामो समयको लागि । दुर्इ तीन महिना गाउँ तिरै बित्यो समाज सेवामा । सहपाठी साथी मूर्तिकार यम थापासँगै फर्कियो एक दिन । कोठाका सबै सामानहरू मिलाउन थालियो दुबैले । सुत्ने खाट मूनि सफा गर्ने क्रममा देखियो कुहिएर बाँकी हड्डी र भुत्लाहरूको थुप्रो । दुबै तीनछक !!! मौनताको शुरूवातसँगै मडारिरहेछ बुनुसँगको दिनचर्या मेरो मानस पटलमा...।
1 comments