Monday, May 9, 2016

कविता




 विलय
त्यो परिस्थिति, जहाँ तिमी हरायौ
जहाँ म हराएँ
हामी त्यतै त्यतै हरायौं
हो,
-आफू हरार्इ रह्यौं
निर्विकल्प हरार्इमा
फैले फैलार्इ खोज्दै जाँदा
फू नभेटिँदाको पीडा अनि
फूले फैलार्इ चिन्न नसक्दाको अट्टाहस भित्र
निराशा र हैरानीका बाबजुद
जक्काभेट हुँदाको क्षण !
ज,फैले फैलार्इ भेट्दाको बहादुरीपन माथि
विजय शिखर चढेर
उत्सव मनार्इ रहेछ मान्छे ।
हो,
त्यही उपस्थिति, जहाँ तिमी नाँची रह्यौ
हामी त्यतै नाँची रह्यौं
-फू नाँच्दै रह्यौं ।
उन्मत्त नचाँर्इमा फेरि फैलार्इ हरायौं
खोज्ने र भेटाउने दुबै बिलायौं शुन्यतामा
पुनरावृतिको गाँठो
अब, कहिल्यै नफुक्ने गरी ।

(२०६०)

धोखै धोखा

टाढा टाढा साह्रै टाढा
विश्रंखलित मनका ढकनी उघारेर
अनन्त पराकाष्ठालार्इ
झ्याँस्सै झम्टेको
हवार्इ बेगको सतही नजरले
पटक पटक धोखा ।

शान्त अनि अति एकान्त
रम्य रसभित्र विश्रान्त
मौनतामा रोमन्लिएको मानसिकता
कैतुहलता ओकल्ने क्षण
अति खतरनाक,
गैर चिन्तन अनि मनमौजिताको
मानसिक अवरूध्दताबाट
बार बार धोखा ।

सुख्खा शुन्य मरूस्थलमा
काल्पनिक कमल र अकमल फूलपातीहरू
सतब्यू उम्राउने ब्याड
एउटा सांसारिक लुब्धिपनको
अतिरञ्जित भाव विस्तारबाट
पटक पटक धोखा ।

५ चैत्र, २०५१


सतही वर्णन

जो नजरमा भद्र छ
उ समाजमा मान्य छ
बाह्य सभ्यता पूर्ण छ
यसरी
कुरूपतामा धुर्तता झल्किन्छ
हो, सौदर्यतामा सुध्दता झल्किनै पर्छ
सधैँ समाज यसमा सहमत छ
गीता, रामायण र बार्इबलमा
कला, साहित्य र धर्ममा
यही प्रष्ट छ
मांसपेशीधारी जीव पहलमान कहलिन्छ
सुन्दर बस्तु पुजिन्छ
रंगमंचको पर्दामा
वीर विरंगनाको भूमिका खेल्छ
स्वर्गकी परी पुकारिन्छ
हो यस्तै यस्तै छ नि
बाह्य माधुर्यताको परिचय
जुडास र मोनालिसाको मुखाकृति
राम र रावणको जीवनबृत्ति
कंश र कृष्णको नालिबेली
रूपभेद प्रमाणस्यः
इति, सर्वे शुभाम्शुभ !!

३ माघ, २०५२


धर्तीको कविता

अकाश भएर मैले धर्तीको कविता लेखेको छु
केवल धर्तीको ।
मलार्इ नक्षेत्रको कविता लेख्नु छैन
उः त्यो चन्द्रमाको गन्ठन गर्नु पनि छैन
किनकि उ पनि फै चम्किलो छ
किन हो कुन्नी ! मलार्इ त्यही पृथ्वीको कविता फुर्छ
"प्रकृति र प्राणी" अन्तर संबन्धको कविता पोखिन्छ
प्राणी प्राणी बीचको संबन्ध र तनावको कविता तरंगिन्छ
बलिया बलियाको घमासान
निर्धाहरूको अवसान दृश्याङ्कित हुन्छ
नियतिको पीडादायक कथानक कविता भक्कानिन्छ
किनकि, म अकाश भएर धर्तीको कविता लेखिरहेको छु
धर्तीलार्इ धुजा धुजा पारेर
लुछाचुँडी चल्छ त्यहाँ
शक्तिको रजार्इँ मच्चिन्छ
धर्मको लडार्इँ लडिन्छ
मान्छेव्दारा मान्छे कै टाउकाको गीर खेलिन्छ
लिङ्गभेद, रंगभेदको चर्काचर्की चल्छ
वर्ग बीचको बम बर्सिन्छ ।
स्वार्थी मायामा बाच्नेहरू
मैसमी नाता जोड्नेहरू
इमान र जमानको शैदाबाजीमा
इमानदारिताको भाउ शून्य छ
जकल त्यहाँ ।
भ्रष्टाचार, डकैट, बलात्कार
सामान्य खेल जस्तै छ त्यहाँ
निर्धाहरू भोक भोकै मरिरहेका छन्
इथोपिया, सुडान, रूमानिया
क्रमशः बन्दै गैरहेछ त्यहाँ
हिरोशिमा र नागाशाकी त
धेरै पूरानो भैसकेको छ क्यार !
विज्ञान साँढे भैरहेको अवस्थामा
कैवालार्इ बेल पाके सरी
चल्लाको टाउकोमा बेल खस्दा
काशै खसे सरी
निर्धा र निमुखाहरू फसिरहेका छन्
काश भएर देखिरहेछु
त्यसैले त त्यो धर्तीको
मनचिन्ते कविता लेखिरहेछु ।

२८ जेठ, २०५७


 भाव भुमरीमा समय

मूर्खहरूले जको मिर्मिरेलार्इ
भोलिको बिहानीसँगै दाँजे
खुशी हुँदै भोलिको सुन्दर बिहानीलार्इ कल्पे
जको सन्ध्यालार्इ गर्वसाथ कुल्चे
भाव भुमरीमा जिल्ल परे ।
समयको पत्रमा पुरिँदै
परिस्थितिका झट्टाराहरू सहँदै
सृष्टिको नियम भित्र लत्पटिएर
भौतिक पध्दतिको मञ्जुरीनामामा
दुनियाँको लहैलहैमा सहीछाप गरे
पर्नु बेहाल परे ।

पसिनाको गन्ध छ माटोमा
रगतको रस छ त्यसमा
मूल्यहीन ठानेर बाँचेका
अतितको तथ्य र इतिहासको सत्यलार्इ भुलेर
ताल बेताल नाचिरहे ।

वर्तमान त भर्खर पो
जति नै बलवान भए पनि यो
इतिहासले कुल्चे पछि कहिल्यै उठ्दैन
समय त सत्य हो
भाव भुमरीमा मानव
त्यसै त्यसै वाल्ल परे ।

भावको भुमरीमा कल्पना घुमे झैँ
चक्रीय प्रभावमा परी
समय कहिल्यै घुम्दैन
इशाको काल खण्डमा
शताब्दी, सहस्राव्दी र मन्वन्तरमा
सत्य, व्दापर र कलियुगमा
समय कहिल्यै भाग लाग्दैन
यो अदृश्य पखेटावाल समय
दन्त्य कथाको वायुपंखी घोडा जस्तै
अति वेगवान छ ।

नाडी घडी र भित्ते घडीको सुइमा घुमाएर
समयलार्इ कुँज्याउन सकिदैन
भोटे ताल्चा लगाएर एउटा बन्द कोठामा
समयलार्इ थुनेर राख्न पनि त सकिँदैन
भाव भुमरीमा जति कल्पे पनि
पर्खिँदैन कहिल्यै फर्किँदैन
भाव भुमरीमा समय ।

३ असार, २०५७


मनकामना र गोरखा
---------------------
प्रकृतिभित्र आस्था जाग्दा
अनेकन देवदेवीको
कल्पनाशील सत्यभित्र
मनोइच्छाको मूर्तपनमा
कामना गर्दागर्दै
आशातीत आत्माहरु
विधिवत रुपमा
पारम्परिक विधिविधानमा
गोर्खालीहरु नतमस्तक बने
आस्थाभित्रको ढुक्कतामा
वास्तविक सजीवता भेट्टाए
पृथ्वीनारायण
अनि
लखन थापाको सपना
साकार भए
वीरताको छाप धर्तीमा कोरे
इतिहास्,वर्तमान अनि भविस्य
तीनैकाल !
१७ मंसिर २०५८
मनकामना गोरखा

यो रहर-कर्तव्य

म यो रहर कर्तव्य फ्नै
झिजो मान्नेहरू नजरै नहेरून्
हराए झैँ खोजिरहन्छु भावाव्यक्तिको कारहरू
पाषाणसँग परेड खेल्छु मृत्तिकालार्इ माया गर्छु
भेट्टाए झैँ लाग्छ नजिकका नाता सार्इनोका नातेदारहरू
म मान्छे कर्तव्यको हिस्सेदार हूँ
म मेरो कर्तव्यको लिङगनमा
असली जीवन जिउन चाहन्छु
गुलियो रहर त लहैलहैमा तेर्सो बाटो लागेछ
मलार्इ त छनौटा रहर नै काफी छ ।
अप्थ्यारो र अँध्यारोसँग जुध्न तयार छु
मेरा रोजार्इका राम लस्करहरू
पुनरावृत्तिका पखेटाहरू उडेर झम्टिरहुन्
खुशी साथ, सामुन्यको समाधिलार्इ समातेर
काश बोक्न तयार छु ।
म मेरो प्राण शक्ति जल-वायु-वनस्पतिसँगै
भित्र-बाहिर लुकामारी गर्दै
म मानव अस्तित्वको युध्द लड्छु/लड्छु
यो विजय !
पानीको छिटामा घुल्न सकूँ ।
अदृश्य वायुसँगै मिल्न सकूँ ।
पाकेको फलसँगै बोटबाट छुट्न सकूँ ।
अन्ततः
यो मेरो र्इच्छा रहर कर्तव्य ।


२७ जेठ, २०५८

No comments:

Post a Comment

JOURNEY