Tuesday, May 17, 2016

बिचरा ! धोबी चरा




बिचरा !  धोबी चरा

कुरा बि.सं. २०७१ साल चैत्र महिनाको । मेरो सानो कार्य कक्षमा धोबी चरा उने जाने क्रम बढ्दो । जार राख्ने बाकसको एउटा कुनामा गुँड बनाउन शुरू । धोबी चराको गुँड बनाउने प्रकृया पूरा । चार वटा अण्डा पारिसके पछि अण्डा कोरल्न २४ सै घण्टा गुँडको बास ।

जब २०७२ साल बैशाख १२ गतेको महा भूकम्पको प्रत्येक्ष मारमा धोबी चरा पनि । अण्डाहरू एकपसमा ठोक्किएर सत्यानास !  बिचरा धोबी चरा फ्ना चर्किएको अण्डाहरू टिप्दै फाल्दै । चार वटा  मध्ये संयोगले एउटा सद्दे । त्यसैलार्इ पूर्ण समय कोरलेर बच्चा फेक्न सफल ।
मेरो दिनहुँको दर्शन । बच्चा बढ्ने क्रम जारी । नजिक जाँदा उसको मा एको भन्ठानेर मुख आँ आँ गर्दै घाँटी तान्दै । बाँस भन्दा बाँसको तामा ठूलो, मौरी भन्दा मौरीको बच्चा ठूलो, धोबी चराको पनि माउ भन्दा बच्चा ठूलो । जीउ भरी कालो र सेतो प्वाँखहरू टम्म भरिँदा मा त बहिनी जस्ती । एक दिन हातमा लिएर खेलाउन खोज्दा भुरूर्र उड्यो पहिलो चोटी । समातेर गुँड मै राखिदिएँ त्यसलार्इ । त्यसको भोलिदेखि उडान भरेछ मासँगै ।

कुरा फेरि संयोग कै । कलाका विध्दार्थीहरू बीच भूकम्पलार्इ विषयबस्तु बनाएर मूर्ति तयार गर्ने एक हप्ते योजना ।
सबैले आआफ्नै गच्छे अनुसार विषयबस्तु नजिकका भावभिंगिमामा मूर्तिकला सिर्जना कार्य सम्पन्न । एकजना नीति श्रेष्ठ बहिनीले बनाएको काम यस्तो- दुर्इटा हाँगा भएको रूखको बीचमा चराको गुँड, गुँडभित्र तीन वटा अण्डाहरू जसमा दुर्इ वटा चर्किएका एउटा मात्र सद्दे । यस विषयमा मैले भलाकुसारी गर्दा उनको विचार- "भूकम्पले धेरै कुरा तहस नहस पारे पनि थोरै बचेको अस्तित्वबाट पुनर्निमाण/पुनर्जीवन ।"

मेरो अण्डाको संख्या प्रति प्रश्न- किन तीन वटा मात्र अण्डा बनाउनु भएको ? किन चार वटा नबनाउनु भएको ? चार वटै बनाउनु पर्ने ? भन्ने मेरो सवाल माथि उनको जवाफमा प्रतिप्रश्न- "किन मैले चार वटै बनाउनु पर्ने ? यो मेरो सांकेतिक भाव ! तीन वटाले समूहलार्इ बुझाउँदै र ?" मैले गम्भीर भएर धोबी चराको सत्य कथा सुनार्इ दिए पछि हामी दुबै जनाको हँसार्इ शुरू.....................

DCNepal.com (Self-Realization-2016)


JOURNEY