Wednesday, April 20, 2016

गजल








 १.
जाल जति जे छ तिनकै नजरमा छ
हल्ला सही या झुठा जे छ बजारमा छ

खोजी हरार्इको हैन एउटा गहिरार्इको
क्रम लहर प्रयासकागन्ती हजारमा छ

मनमा गड्बड तमुखमा लड्बड् हुन्छ
'ढाँटे काटे मिल्दैनबोली हतारमा छ ।

२.
जीवनमा साथी मैले  यो देशको  माटो रोजें
यो माटोमा पार्टी मैले  कलाकारी  बाटो रोजें

हिड्दै आएँ  गोरेटोमा  उकाली  ओराली गर्दै
हौसाउँदै जिन्दगीलार्इ  सिर्जनाको पाटो रोजें 

नबिराउनु रे डराउनु पनि  किन पो पर्यो र
स्वइच्छाले स्वीकारेको सम्बन्धको गाँठो रोजें

नेपालको रगत परें विरताको शान छ म मा
सिर्जनाको स्रोत मैले ढिडो-सिस्नु-आटो रोजें ।


३.                                                                 
फल नखोज्नु रे गीता सार साथी
जिन्दगी के छ यार बेकार साथी

हाल के बताउँ बेहालै बेहाल छ
फू त परियो बेरोजगार साथी

कुकुरको काम न फुर्सद भन्छन्
देख्नेलार्इ बराबर व्यवहार साथी

स्वयंसेवामा बितेको छ जिन्दगानी
कसरी लाग्ला यसरी पार साथी ।

४.
ज पनि फेरी दोधारमा छु
न भित्र न बाहिर सँघारमा छु

यता हेरूँ गंगा छ उता जमुना
मत धर्म संकटको सवारमा छु

विचार स्वतन्त्र हुन्छ भन्छन्
किन विचारको बीच मारमा छु

धुलमुले जिन्दगीको हुलमुलमा
अनिर्णयको बन्दीरूपी बजारमा छु ।

५.
कति थिए गतिसँगै सँगै सँगै जाने
एक्ला एक्लै फैफै फै जाने

समय पर्खन्न रे खोला फेरि फर्कन्न रे
सँधै कति लगन पछि पोते नलै जाने

फुल्या जति फल्दैन रे प्रकृतिको रित
सोच्या जति सबै सँधै केही नभै जाने

घडी जस्तो हैनरैछ समयको सीमारेखा
समयको भेलसँगै जीवन बग्दै जाने ।

६.
चन्द्रमुखी होस् कि सूर्यमुखी नै किन नहोस्
लालटिन होस् कि सानो टुकी नै किन नहोस्

हीरामोती अनि ज्वहारतले जडिनु छैन शरीरले
वास्नादार बेली-चमेली या बुकी नै किन नहोस्

त्मिक नन्दमा रम्नुपर्छ मान्छेले सर्वदा
लौकिक र भौतिक रूपले दुःखी नै किन नहोस्

मानसिकता स्वस्थ हुनुपर्छ मान्छेको जीवन
जाबो ज्वरो होस् या रूघा-खोकी किन नहोस् ।

 ७.
पार्इलै पिच्छे इलाग्ने घातका चोटहरू
यात्रा पथमा गतिरोध सिउँडी काँढे बोटहरू

अबिरल यात्राहरूका असीमित डोबहरू भित्र
स्मृतिसँगै विस्मृति बन्दैछ निर्दोषी खोटहरू

गिज्याउँछ कहिले लोभ्याउँछ निरीही बनाउँछ
साधन हैन साध्य हूँ भन्ठान्छ नाथे नोटहरू

थाहा छ साँचो कुरा सत्य हुन्छ दुर्लभतामा
वास्तविकता नबुझी काँप्छन् गाँठे ओँठहरू ।

८.
सपनाको साकार रूप सहायक हुनुपर्छ
बिपनाको विशाल रूप निर्णायक हुनुपर्छ

सिर्जनशीतलामा दम पो हुन्छ भन्छन्
होकुशल कर्मको फल लायक हुनुपर्छ

लडाइँ अस्तित्वको हैन पहिचानको पो त
लाखौं ताराहरूबीच चन्द्र नायक हुनुपर्छ ।

९.
उत्पादन नै नहुने खेती खतरनाक
पूर्ति नै नहुने क्षति खतरनाक

बेमौमी बाढी बगेर आउने अचानक
पोखरामा डुबी बग्ने सेती खतरनाक

हुँदाखाँदाको वंशनाश गर्ने पस मै
राजदरवार नारायण-हिटी खतरनाक

संघीयताको नाममा देश चक्रव्यूहमा
 संविधान नै नलेख्ने नीति खतरनाक ।

१०.
लहरा तान्दा पहरा घर्कँदो रैछ के गरूँ
सम्झी लिँदा छाती चर्कँदो रैछ के गरूँ

तन पग्लिएर आँखाबाट आँशुका छहरा
रोक्न खोज्दा खोज्दै धर्कँदो रैछ के गरूँ

सौ गुन पनि बिर्सने बैगुनी दुरात्माधारी
आँखा अगाडिबाटै तर्कँदो रैछ के गरूँ

भित्र पीडा लुकाएर हाँस्न त खोजेकै हो
बगिसकेको आँशु नफर्कँदो रैछ के गरूँ ।

११.
छिरेको छ एक टुक्रा झिल्को आँखी झ्यालबाट
हेरेको छ बिहानीले दिलको  आँखी झ्यालबाट

प्रतिबिम्ब खिचेको छ अभिलेख नै राख्ने गरी
प्रविधिको विकाससँगै रिलको आँखी झ्यालबाट

विशाल पहाड ठडेको छ फ्नै अघि सामुन्यमा
देखेको छ उक्त पहाड तिलको आँखी झ्यालबाट

कुहूँ.....कुहूँ.....कुहूँ ! गर्दै थियो रनवन डुल्दै भुल्दै
संगीतको स्वरबक्छ कोकिलको आँखी झ्यालबाट ।

१२.
हार र जितको खेल मन पर्दैन मलार्इ
कागलार्इ जस्तै बेल मन पर्दैन मलार्इ

म निर्दोषनिष्कलंकनीतिवान मान्छे
तर कैदी कोच्ने जेल मन पर्दैन मलार्इ

गल्ती भए भागिदार हुनुपर्छ एक दिन
फैसला अघि नै नेल मन पर्दैन मलार्इ

आफ्नै शूर आफ्नै बाटो प्यारो लाग्छ
बिनासित्तिको झेल मन पर्दैन मलार्इ

स्वतन्त्र स्वभावका दुर्इ भिन्न चरित्रहरू
चोर र साधुको मेल मन पर्दैन मलार्इ ।

१३.
कूलका कुरा सरासर धोका भो
मूलका कुरा सरासर धोका भो

कुरा काट्नेका कति धारिला छुरा
फूलका कुरा सरासर धोका भो

तिम्रो मेरो नाता साइनो बीचका
पुलका कुरा सरासर धोका भो

कुरा चुइङ्गम चपाउँछ दुनियाँ
तूलका कुरा सरासर धोका भो

बतास चलेर मात्र पात हल्लिन्छ
रूलका कुरा सरासर धोका भो l

१४.
कसो कसो सन्तुलमा संसार अडेको छ
एउटा वन पलाउँदै छ अर्को डढेको छ

मानवीय संरचनाका प्राविधिक पक्षहरू
खोर्इ कुन संबन्धमा कसरी जडेको छ

बर्लिनको पर्खाल जति सुकै भत्के पनि
चीनकोभन्दा मनको महान पर्खाल ठडेको छ

विरोधभास लाग्ने विचित्रको छ संसारमा
कोही गहिरार्इ तिर कोही चुली चढेको छ ।

१५.
कला  सब  थला  अब
भला कसको होला अब

मूर्ति सारा कुन मुलूकमा
मन्दिर रित्तो झोला अब

देशको नदी इण्डियामा
रूँदै बग्छन् खोला अब

पवित्र बागमती ढल बने
सोला केले धोला अब ।

१६.
कति खुशी कति पीडा मानिसको सृष्टिमा
अन्धभक्त परम्परा सामाजिक स्वीकृतिमा

विशेषताको दर्शन जहाँ मानवको गिदीभित्र
तोड्नफोड्न नसकिने सदा सदा स्मृतिमा

भाकिभाकल फूलपाती वलि पनि चढाउने रे
मनको बह पोख्नलार्इ आस्था बन्यो मूर्तिमा

सान्सारिक कानून बन्यो पापधर्म कर्मकाण्ड
स्वर्ग नर्क मरे पछि गाँस्ने माया प्रितीमा

अन्धविश्वास रूढीवादी जन्जालमा जेलिएर
धर्म र सँस्कृतिको मान्छे बन्यो उत्कृष्टमा

१७.
खेतै भरी लह लह  कति  राम्रो धान होला
भोकोपेटमा गुदी भर्न कति मीठो माम होला

जगतको जरा थाम्न कति भारी जिम्मेवारी
परिश्रमी किसानको  प्रस्वेदित काम होला

जननी  जन्मभूमिश्च  स्वर्गादपि  गरीयसी
वाह्यजगत ब्रह्माण्डमा गुणकारी घाम होला

जय लक्ष्मी सर्वशक्ति गर्छन् कोही धनको पूजा
मतलबी मान्छे माझ ठूलो भन्ने दाम होला ।

१८.
आफू मात्र जिउनु हैन सारालार्इ ज्याउनुपर्छ
एक एक गरी सबै  हिड्न अघि भ्याउनुपर्छ

जता नदी बग्दै जान्छ  उतै डुङगा बग्नसक्छ
डुङगा पारि तार्नु पर्छ भाँति मिलार्इ ख्याउनुपर्छ

काम कुरा नै थाँती राखी ठिमीतिर धाउनुहुन्न
विचारको  पक्षभित्र  लक्ष्य सधैँ  च्याउनुपर्छ

खण्डहर जिन्दगीलार्इ  हराभरा पार्न भनी
मध्यपान त्याग गरी अमृतरस प्याउनुपर्छ

गास,बास,कपास भन्दा अझ ठूला अरूकुरा
सृष्टि थाम्ने जगतको थारोविचार ब्याउनुपर्छ ।

१९.
आकाश छानो धर्ती बास न हो
सास गए जिन्दगी लास न हो

सही अर्थमा कुशल अभिनय
वर्षको भित्र घुम्ने मास न हो 

भोग विलास अनि पीडा उमंग
साँचो अर्थमा  उपहास न हो

होड र दावै दाउमा फसेको छ
जितहारको जिन्दगी तास न हो

मानवीय जिन्दगीको करामत
"श्रीखण्डकाठ बुझे खास न हो ।

२०.
दौडिएको पार्इलैपार्इला घोडैघोडा देखेँ मैले
गतिभित्र कतिकति त्यस्ता होड देखेँ मैले

हिड्दाहिड्दै रोक्किएर अघिल्तिर हेर्दा खेरी
यात्राभित्र कत्राकत्रा त्यस्तो मोड देखेँ मैले

रहरहरू कटाएर  घटार्इ घटार्इ  हेर्दा पनि
मनभित्र झन्झन् भेरै भाको जोड देखेँ मैले

आज मलार्इ चुम्ने ओँठ मुसारेर हेरूँ भन्दा
लालिमाभित्र विषालु ठुङने ठोँड देखेँ मैले ।

२१.
दुनियाँलार्इ अनुमति मलार्इ किन निषेध हुन्छ
काटे रगत रातै बग्छ मलार्इ किन विभेद हुन्छ

छातीको भाव तराजुमा जोख्छौ भने जोखी हेर
सबै पस्ने उही  संघारमा मलार्इ किन ठेस हुन्छ

अलिकति नजर साम्ने मेरो हुल्याहा फरक होला
संकार र सँस्कृतिको मलार्इ किन अवशेष हुन्छ

जाति भेदवर्ग भेद रूप अनि रङ्ग कै भेदै भेद
यै पुर्खेउली जन्मभूमि मलार्इ किन प्रदेश हुन्छ

देख्ने आँखा चुकिरहेछ विवेक कतै भागेको बेला
सयौं भीडभित्र पनि मलार्इ किन शंकास्पद हुन्छ ।

२२.
नजन्मदै पनि राजा  जन्मे पछि  पनि राजा
जिउँदो हात्ती भन्दा पनि मरे पछि धनी राजा

बार्इसे र चौबीसेले  जमाएका थे राज्य यहाँ
फालाफाल जन्मेका छन् फेरी गनी गनी राजा
  
सोझो हिसाबबाट  के को मिल्नु ब्यवहारहरू
बन्दूक लि लिगलिगेमा बथाने पो अनि राजा

फिँजिएका छन् चारैतिर ग्रहदशा जालै जाल
कहिले राहुकेतु राजा आज फेरी शनि राजा ।

२३.
मलार्इ केही चाहिया थेन किन कस्ले सियो दियो
फाटेको दिल सिउने नभै उल्टै च्वास्स घोच्ने थियो

साधु थिएँ सन्त थिएँ आधा जोवन ब्रम्हचारी
पूरानो घाउ बल्झे  पछि बाच्ने आशा सकिइगो

पागल सरी बर्बरायो हाँस्ने रूने सराबरी
झम्टेला झैँ दाह्रा नङग्रा घाइते बाघ रन्थनियो

कस्तो कस्तो हुँदो रैछ विषालु ती नशाहरू
पिउँदा पनि नपिउँदै मूर्छा पारी ज्यानै लियो

सँगै बाच्ने सँगै मर्ने बैरागीको साँचो कसम
जता बाढी त्यतै त्यतै खोला पनि बहकियो ।

२४.
चिठी पत्र लेख्नु होला कापी माथि कलम छ है
भेटघाट हुन सकिएन  टाढैबाट  सलाम  छ है

प्रवल थियो मनको र्इच्छा नियतिले धोखा दियो
बाच्दै रहे नाच्दै रहाैंला भन्ने पनि चलन छ है

देख्ने भेट्ने मात्रै हैन सबैलार्इ सुन्ने मन थ्यो
रहरको  लहरले  छातीभित्र  जलन    है

फुल्दै जाउन् फल्दै जाउन् भावनाका भ्रुणहरू
साथीभार्इको सिर्जनामा कामनाको मलम छ है ।
                  
                           (सन्देश)

२५,
सिर्जनाको नव जव अर्पित छन् सौगातहरु
प्राप्तिमा खुल्लापन छछन् पवित्र प्रसादहरु

निस्तेज नजर साम्ने घुम्नु पर्छ यस्तो चिज
अन्धकारको प्वालबाटै छिर्नु पर्छ प्रभातहरु

भवनाको एउटा ठोस प्रतिबिम्ब चाहिएको छ
साथ दिने माथ दिने अटल आत्मा विश्वासहरु

प्रगतिका पाइलाहरु लागुन् उन्नतिका बाटैबाटो
अल्मल् किन परिरहेछ गासबासकपासहरु

अनुकूल र प्रतिकूलका प्रति पल हर घडी
मौसम अनि बेमौममा बर्षिरहेछ बर्षादहरु

बिराइएका गराहरु हिलाम्य छन् ठीकठाक
छुपुछुपु रोप्नु पर्छ सृष्टिका असारहरु ।।।



क्रमशः



 























No comments:

Post a Comment

JOURNEY