Sunday, April 24, 2016

हाइकु





१.
सुन्दर सुगा

पिन्जडाभित्र कैद

घरको सोभा !
२.
शान्त मुद्रामा
तमासा हेरिराछ
नील गगन ।

३.

अनिद्रा आँखा
निद्राको पर्खाइमा
बुध्द तपष्या ।

४.

मुखको सुर्ती
रस हुन्जेल चुस्ने
मान्छेले मान्छे ।

५.

हेर न साथी
दुला निस्की धुलामा
कमिला टाँटी ।

६.

पैसा सकियो
कवाडी पसलमा
जागिर किन्दा ।

७.

मूर्दा कल्पन्छ
भूतपूर्व जीवन
थरर्र काँप्दै ।


८.

विश्व शिखर
तेन्जिङको पर्इला
सगरमाथा ।


९.

गोधुँलि साँझ
बास भेट्दा नभेट्दै
भाले बासेछ ।


१०.

र्इमान्दारिता
सोझोपन होर्इन
मूर्ख बुझार्इ ।


११.

मरेको बुध्द
कालजयी विचार
जिउँदो मूर्ति ।


१२.

ठोस्सिँदै गए
अमूर्त चट्टानमा
ललितकला ।


१३.

सेतो न कालो
यत्रतत्र सर्वत्र
माफिया जालो ।


१४.

वरा मन
भगवान भरोसा
नास्तिक पन ।


१५.

तारे भीरमा
नेपालको भविष्य
सतिको श्राप ।


१६.

हिज मिस्कट
आज खाँटी अगुवा
भोलि भविष्य ।


१७.

उन्मक्त साँढे
व्यस्त सडक बीच
त्राफिक जाम ।


१८.

जित जोखिम
हार महाजोखिम
भेल बहाव ।


१९.

कामना सँगै
चुनौतीका भविष्य
सामना कर्म ।


२०.

मैले नजान्दै
आएर पो गएछ
बैंस जोबन ।


२१.

शान्ति घोषणा
आँखा कान चनाखा
सन्त्रष्ट मुटु ।


२२.

सिंचार्इ छैन
भल पानी थुनेर
धान रोपूँ कि !


२३.

मुक्ति कसरी
जीवन जालभित्र
अनन्त काल ।


२४.

बिर्के टोपीमा
मोतीराम भट्ट जी
भानुको भक्त ।


२५.

कला सिर्जना
भावनाको भौतिक
एउटा रूप ।


२६.

विषयवस्तुको
प्रयोगको खोजीमा
खिचडी पाक्छ ।

२७.

फरक पन
मौलिक सिर्जनाको
आधुनिकता ।


२८.

परिकल्पना
साहसिक यात्रामा
एउटा कला ।


२९.

मायाको तीर
मराणासन्न भिज्यो
चिन्नु न जान्नु ।


३०.

प्रत्येक एक्का
अर्को देख्ने बित्तिकै
हार्न थाल्दछ ।

३१.

छ बेत ब्यार्इ
गोरू नदेखी कनै
जर्सी गौ माता ।


३२.
...
भिन्नताभित्र

को भन्दा को कम छ

विषयान्तर ।


३३.


ज्यान दाउमा

ऋणी आत्मा खेलाडी

जिन्दगी जुवा ।


३४. 

सकृय साथी

निष्कृय साथित्व

ताक तिवारी ।



३५. 

आम्ने साम्ने

कुकुर र बिराला

वार्ताको कुरा ।



३६.


तह र स्तर

हैसियत चन्चल

अवस्था स्थिर ।


३७.

दुधको साँक्षी

बिराला चौकीदार

दही कल्पना ।



३८.


ठिक्क दुरुस्त

वाह्य रुप हेर्दामा

कुहेको फर्सी ।

३९.


चाबी न नापी

कसरी पत्याउनु
शंकाे लंका ।

४०.
तेजिलो घोडा
मूर्दा बोक्ने साधन
वास्तविकता ।
४१.

दुखेको मन
अर्कोको हस्तक्षेप
औषधि खाँचो ।

४२.

जय जै कार
शक्ति भक्तको ताँती
पुत्ले चमेरे ।
४३.


इमान थाम्न
जिन्दगी बेच्नु पर्ने
कत्रो समस्या ।
४४.

मृगको तृष्णा
मरूभूमिमा पानी
क्षितिज रेखा ।

...........................

No comments:

Post a Comment

JOURNEY