Wednesday, April 20, 2016

बन्दुकले बल्झायो बुनुको ब्यथा !





बन्दुकले बल्झायो बुनुको ब्यथा !

कुरा त्यस्तै २०५८/५९ तिरको, देशमा संकत कालले चरम् सीमा पार गर्दै । गाउँमा दुबै थरीका शक्तिको जालो । स्थानीय चल्तीका इजाजत प्राप्त बिचरा भरूवा बन्दुकहरूको पनि ज्यान जोखिममा । स्थानीय हात हतियारहरू भूमिगत पस्न शुरू । गाउँतिर गएको बेला आफू खेलेको पाखो पखेरो घुम्नु पर्ने मेरो बानी । एउटा घुम्दै जाने क्रम, सालघारी नजिकैको खोल्छीमा बेवारिसे अवस्थामा भरूवा बन्दुक फेला । नजिकैको पिंडालु बारीको कान्लामा लगेर खाल्डो खनी पुरपार गरेर टाप ।
जब देशमा शान्ति बहाली, दशैंमा गाउँ गएको मौका, एकाएक बन्दुक गाडेको संझना । निश्चित ठाउँ पत्ता लगाउन महा फसाद । संभावित ठाउँहरूको परीक्षण पछि सफल । खन्दै जाँदा बन्दुकको अस्तिपन्चर (नाल र पार्टपूर्जा) मात्र बाँकी !

No comments:

Post a Comment

ENDLESS PROCESS, Medium: Mix Dimension, : 53"x 43"x 37"

Endless Process Medium: Mix Dimension: 53"x 43"x 37"